५१ लाख बढीको अवैध सामान बरामद
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध रुपमा भारतबाट ल्याउँदै गरेका विभिन्न सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।
यही कार्तिक १७ गते पिक अप गाडीमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ५१ लाख ४८ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही सैनामैना नगरपालिका–२ का ४० वर्षीय चालक तुलसी थारु र ४० वर्षीय मीनप्रसाद भण्डारीले लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिक अप गाडीमा भन्सार छली सामान ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चालक र गाडीलाई अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सत्य नारायण थापाले जानकारी दिनुभयो ।
पिक अप सहितको गाडीमा विभिन्न लत्ता कपडा, लिप गार्ड १५ बन्डल, कुर्था सुरुवाल २३६ सेट, चुन्नी ६०० पिस, र बनारसी साडी ६७ पिस गरी पिक अप गाडी सहितको सामान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्