फरार प्रतिवादी पक्राउ
सुनसरी । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी, सुनसरी धरान उपमहानगरपालिका ११ का २५ वर्षीय सन्तोष राईलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट मिति २०७६ फागुन १५ गतेको सजाँय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद भई लगत नं. ९४२० मा कैद बेरुजु रही असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा १५ गते राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्