तपाईँ सुन्दै हुनुहुन्छः

पटाका सहित ३ जना पक्राउ

बारा । विस्फोटक पदार्थ पटाकासहित सीमा प्रहरी चौकी छतवाबाट बारा प्रहरीले  तीन जनालाई पक्राउ गरेको छ । 

बाराको फेटा गाउँपालिका वडा नं.३ स्थित सडक खण्डमा भारतबाट नेपालतर्फ  आइरहेका शङ्कास्पद दुई वटा मोटरसाइकल चेकजाँच गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ का ३४ वर्षीय बुद्ध लोप्चन, २५ वर्षीय बुद्ध लोप्चन र ३२ वर्षीय राजकुमार लोप्चन रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले कार्टुनमा राखी लुकाइछिपाई ल्याएको किङ कोबरा ११ बन्डल र इलेक्ट्रिक स्पार्कलर ५० प्याकेट विस्फोटक पदार्थ पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button