चन्दननाथ सहकारीद्वारा अर्ग्यानिक मिनी मार्केट सञ्चालन
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा अर्ग्यानिक मिनी मार्केट सञ्चालनमा आएको छ ।
जुम्लामै उत्पादन भएका रैथाने अर्ग्यानिक कृषि वस्तुको सुपथ विक्री वितरणका लागि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्ग्यानिक मिनी मार्केट सञ्चालनमा ल्याएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकका राहतका लागि जुम्लामा अर्ग्यानिक मिनी मार्केट सञ्चालनमा ल्याइएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताउनुभयो ।

बजार मूल्य भन्दा मिनी मार्केटमा अर्ग्यानिक बस्तु सुपथ मूल्यमा विक्री हुने गरेका छन् । मिनी मार्केटमा स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी चामल, ओखर, टिमुर, चिनो, कागुनो, स्याउका चाना, घिउ, मह लगायत ३० प्रकारका रैथाने अर्ग्यानिक बस्तुको विक्री भइरहेको छ ।
मिनी मार्केटले दैनिक १ लाख बढीको कारोबार गर्ने गर्दछ ।
अर्ग्यानिक उत्पादन गर्ने सहकारीका सदस्यलाई करिब २० हजार बराबर अनुदान समेत दिने गरिएको छ ।
चन्दननाथ सहकारीका मात्रै १८ हजार सदस्य रहेका छन् जसमध्ये १२ हजार सदस्यको उत्पादन वर्षेनी सहकारीले खरिद गर्ने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्