तपाईँ सुन्दै हुनुहुन्छः

उपसभापति पदमा उम्मेदवारी दिने गच्छदारको घोषणा

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई सङ्गठित बनाउन उपसभापति पदमा उम्मेदवारी दिन लागेको प्रस्ट पार्नुभयो ।

उहाँले कुनै समूहको निहित स्वार्थ पुरा हुने गरी पार्टीको विधान, नियमावली तथा निर्देशिका संशोधन गर्दा सिङ्गो पार्टीलाई हानी पुर्‍याउने बताउनुभयो । 

विधानमाथि हस्तक्षेप हुँदा थारु, आदिवासी, दलित, महिला, मधेसी तथा मुस्लिम  लगायतका समुदाय पार्टीको नेतृत्व तहसम्म पुग्न नसक्ने उहाँको भनाई छ । 

उपसभापति गच्छदारले अहिले अदालतमा उठेको विषयलाई राजनीतिक दलहरूले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button