ढकालद्वारा ५१ हजारको अक्षयकोष स्थापना

काठमाडौँ । शिक्षाबाट वञ्चित भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ लक्ष्मीप्रसाद ढकालले ५१ हजारको अक्षयकोष स्थापना गर्नु भएको छ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ ढकालले सो अक्षयकोषको स्थापना गर्नु भएको हो ।
भविष्यमा १० लाखको अक्षयकोष बनाएर त्यसबाट प्राप्त ब्याजले शिक्षाबाट वञ्चित भएका गरिबीको रेखामुनि रहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको ढकालले बताउनुभयो ।
सो अक्षयकोषले झापा जिल्लाको कमल गाउँपालिका भित्रका सरकारी विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने ढकालले बताउनुभयो ।
अक्षयकोषको रकम घरपरिवार सहकारीमा जम्मा गरिएको ढकालले बताउनुभयो । ढकाल अहिले त्रिभुवन विश्वविद्यालयमा पूवीयदर्शनमा दर्शनाचार्य अध्ययनरत हुनुहुन्छ । उहाँले विगत २६ वर्षदेखि नेपाली विषयको अध्यापन गराउँदै आउनु भएको छ । साथै उहाँ गद्य कविताका सर्जक पनि हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्