१५ लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले अहिले सम्मकै धेरै नगद सहित ११ जना जुवाडे पक्राउ गरेको छ । मङ्गलवार राती २ बजे सुनसान ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा माछापुच्छ्रे गाउँपालिका वडा नं २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ परेको कास्की प्रहरी इन्स्पेक्टर मुकेश न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट १५ लाख २४ हजार भन्दा बढी रुपैयाँ बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार “गए राति २ बजे उनीहरू जुवाकै खालबाट पक्राउ परेका हुन् सम्भवतः कास्की प्रहरीले अहिले सम्मकै ठुलो नगद सहित पक्राउ परेको हुन सक्ने बताउनुभयो । ११ जनालाई अनुसन्धानको लागी म्याद थपको लागी अदालत लगिएको बताउनुभयो ” ।
पक्राउ परेकाहरूलाई प्रारम्भिक बयान लिँदा ड्राइभर र ठेकेदारहरूको समूह रहेको बुझिएको न्यौपानेले बताउनुभयो । तिहार नजिकिँदै जाँदा जुवा खेल्ने, पटका पट्काउने र लागु औषधको कारोबार बढ्न सक्ने भन्दै सिभिल पोशाकका प्रहरीको सङ्ख्या बढाइएको र चेकजाँच कडा पार्न तालीम प्राप्त कुकुर समेत कास्की प्रहरीले परिचालन गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्