तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य थालनी हुने : मन्त्री श्रेष्ठ

बारा । श्रम रोजगार एवम् सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले चाँडै बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य थालनी हुने कुरामा जोड दिनुभएको छ । 

बारा जिल्लाको सदरमुकाम कलैयामा बुधवार नेकपा समाजवादी पार्टी निकटको प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो दिन त्यो दिन भन्दा समाजवादीको कोटामा पर्यटन मन्त्रालय भएको हुँदा पूर्व प्रधानमन्त्री एवम् एसका केन्द्रीय अध्यक्ष समेत रहनु भएका माधव नेपालको चाहाना पनि चाडै विमान स्थलको काम शुरु गर्ने रहेको हुँदा चाँडो भन्दा चाँडो प्रक्रिया शुरु गर्ने प्रतिबद्धता गर्नुभयो । 

नेपालमा करिब ५ हजार युवाहरूलाई दक्ष बनाई रोजगारीको सृजना गर्ने उद्घोष आफूले गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले युवाहरूको रोजगारी आफ्नै देशमा सृजना गर्ने गरी मन्त्रालय कामको थालनी गरिसकेको जानकारी दिनुभयो । 

श्रमिकहरूका लागि बारा, पर्सालाई  केन्द्रमा राखी सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने लक्ष्य लिएको बताउँदै निर्माण गर्ने बताउनुभयो । अव पनि श्रमिकहरूलाई दुखको सामना गर्नु नपरोस् भने अभिप्रार्यका साथ ठोस नीति निर्माण गरी तिनीहरूको हकहितको संरक्षण गर्ने भन्नुभयो । 

निर्वाचन सम्म कुनै पनि हालतमा ५ दलीय गठबन्धन कायम रहनमा आफु आशावादी रहेको मन्त्री श्रेष्ठको कथन रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button