कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा

डडेलधुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले डडेलधुराको गन्यापधुरा–१ र ३ स्थित बाढी पहिरो क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढी पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाउनुभयो ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस क्षेत्रमा बाढी पहिरोबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ ।
सुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँ यहाँ आइपुग्नुभएको हो ।रासस








प्रतिक्रिया राख्नुहोस्