घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाअधिवेशन पुसमा

काठमाडौँ । आगामी पुस तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाअधिवेशन हुने भएको छ ।
आगामी पुस २२, २३ र २४ गते २५ औँ महाधिवेशन तथा २२ औँ महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासङ्घले जनाएको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।
त्यसभन्दा अगाडि आगामी मङ्सिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासङ्घले जनाएको छ । महासङ्घको लुम्बिनी प्रदेशको अधिवेशन कार्तिक २९ गते, बागमती प्रदेशको अधिवेशन मङ्सिर १ गते र गण्डकी प्रदेशको मङ्सिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ । महासङ्घले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ ।
महासङ्घद्वारा घोषित कार्यक्रम अन्तरगत यही मङ्सिर २४ गते ढाका उद्यमी व्यवसायीहरूको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ वैशाख १५ देखि १९ गतेसम्म १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्