सामाजिक अभियन्ताको सम्मान

दोलखा । दीपावली २०७८ को अवसरमा गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालि काठमाडौँले दोलखाको शैलुङ्ग गाउँपालिकास्थित भैसे बजारमा सामाजिक अभियन्ता सम्मान एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता एवं राप्रपाका नेता सोभित उप्रेतीले असल व्यक्तिको सम्मानले सामाजिक अभियानमा बल पुग्ने उल्लेख गर्नुहुँदै समाज परिवर्तनको लागि निःस्वार्थ अभियान अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सैलुङ मुलुककै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकोले यसको विकास र प्रवर्द्धनको लागि गौरीशङ्कर च्छो–रोल्पा मिडियाको अभियान प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रममा मेरो एक हजार अक्सिजन किन्नलाई अभियानका अभियन्ताहरू चिरञ्जीवी मास्के, गोकर्णप्रसाद भण्डारी, सिर्जन घिमिरे, सुजन काफ्ले, सुवास बस्नेत, भरत रोन श्रेष्ठ, कमल चौहान, धनराज तमाङ, नवराज खड्का, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दीप शङ्कर चौलागाई, जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, चरिकोट अस्पतालका एमडिजिपि डक्टर देवेन्द्र गौतम, समाजसेवी वसन्त तिवारी लगायतलाई सामाजिक सेवा व्यक्तित्व सम्मान– २०७८ बाट सम्मान गरिएको आयोजक प्रवीण थपलियाले बताउनुभयो ।

कार्यक्रममा राप्रपाका नेता सुन्दर प्रकाश खड्का, गौरीशङ्कर च्छो –रोल्पा मिडिया प्रालिका प्रबन्ध निर्देशक जानकी बज्राचार्य, महासेनानी माधव सुन्दर खड्का, सैलुङ गाउँपालिका वडा नम्बर ८का वडा अध्यक्ष रामेश्वर उप्रेती लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रसिद्ध लोक गायकहरूको लोकदोहोरी तथा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुत गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्