तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । 

एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलवार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोक्नुभएको थियो । ती मध्ये छ संयुक्त र तीन एकल छन् । इजलासमा सुनुवाइ समेत सुरु भइसकेको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा पेसी तोक्नुभएको छ र सुनुवाइ पनि सुरु भइसकेको छ। 

गत आइतबार मध्याह्नदेखि न्यायाधीशहरुले विभिन्न माग राख्दै सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । 

यही कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको थियो । सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज नौ दिन पुगेको छ ।  

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button