राष्ट्र बैङ्कद्वारा जिएमई–पे को अनुमति खारेज

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरेको छ । बैङ्कको भुक्तानी प्रणाली विभागले मङ्गलवार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमति पत्र खारेज गरेको हो ।
“यस बैङ्कबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ््र्याैट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमति पत्र खारेज गरिएको हो”, बैङ्कद्वारा जारी सूचनामा भनिएको छ ।
राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फर्छ्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । “भुक्तानी तथा फछ््र्याैट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालनमा ल्याउन नसकेपछि अनुमति पत्र खारेज गरिएको हो”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्