तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको थानिमाई मन्दिरमा २८ वटा फूलको डोली भित्रिए

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक तेस्रो हप्ताको मङ्गलवार २८ वटा फूलको डोली भित्रिएका छन् ।

तनहुँ , लमजुङ लगायत काठमाडौँ , कास्की, चितवनबाट समेत गरी २८ वटा डोली भित्रिएका हुन् भने डोली सँगै करिब २ हजार ७ सयको हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो ।

साथै सोमबार राती ६५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए । आ–आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरी डोली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button