गण्डकीका कृषिमन्त्रीको सम्पत्ति : सहकारीमा १० हजार नगद

कास्की।गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले ५ महिना पछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
सरकारी पदमा नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएपनि मन्त्री बुढाले ढिलो गरी सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।
मन्त्री बुढाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सहकारीमा १० हजार रुपैयाँ मात्र बचत रहेको उल्लेख छ । मन्त्री बुढाले बागलुङ ताराखोला गाउँपालिका वडा नम्बर ५ मा २ ठाउँमा संगोलमा पुर्ख्यौली जग्गा भएको उल्लेख गर्नुभएको छ ।
माओवादी केन्द्रबाट मन्त्री बन्नु भएका बुढा मन्त्री हुनुभन्दा अघि पोखरामा भाडामै बस्दै आउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्