तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा घरको भान्सामा तास खेलिरहेका ५ जना पक्राउ

तनहुँ । तनहुँ शुक्लागण्डकी नगरपालिका वडा ४ दुलेगौडा भिमसेनचोकमा रहेको थकाली भान्सा घरको भान्साबाट तास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।

तास खेलिरहेको अवस्थामा सूर्य बहादुर वि.क, उमेश नेपाली, मीन प्रसाद गैह्रे, कृष्ण रिमाल र ध्रुव राउतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालय बेलचौताराबाट प्रनानि रामशरण रानाको कमाण्डमा ५ जनाको टोली उक्त घर खानतलासी गर्दा उक्त भान्सा घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू तास खेलिरहेको खालबाट एक बुक ९५४ पत्ती तास सहित नगद रु ५८ हजार ४९५ बरामद गरिएको प्रहरीले जनाएको छ । तास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिई उनीहरू माथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button