तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क दन्त शिविरमा तिन सय जनाले लिए लाभ

पोखरा।कास्कीको एक गाउँमा सञ्चालन गरिएको दन्त स्वास्थ्य शिविर बाट करिब तिन सय जनाले स्वास्थ्य लाभ लिएका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा अग्रणी मानिने नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ८ विरेठाँटीमा सञ्चालन गरेको निःशुल्क दन्त उपचार शिविर बाट तिन सय जनाले दन्तरोगको उपचार गराएका हुन् ।

ग्रामीण भेगका दाँत सम्बन्धी समस्या भएका मानिसहरूलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो । शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो नेपालका मिडिया कोअर्डिनेटर भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो । सो शिविरमा औषधी समेत वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button