देशभर जाडो बढ्यो, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । आज देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसै गरी देशभरको तापक्रम पनि घट्दोक्रममा रहेको छ ।
मौसमविद् मञ्जु वासीका अनुसार देशभरको तापक्रम विस्तारै घट्दै जाँदैछ । दिनको एक डिग्री वा केही पोइन्टमा तापक्रम घटिरहेको छ । जाडो मौमस सुरु भएपनि वर्षा नभएकोले ह्वात्तै तापक्रम नघट्ने उहाले बताउनुभयो ।
आज बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान ६ बजे काठमाडौंको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको थियो ।
काठमाडौंमा आज दिउँसो तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म रहने छ । बिहानमा धाम्मधुम्म भएपनि दिउँसो बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहने उहाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्