तपाईँ सुन्दै हुनुहुन्छः

काबुलमा भएको आत्मघाती आक्रमणमा मारिनेको सङ्ख्या १९ पुग्यो, ५० भन्दा बढी घाइते

अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पताल नजिकै मङ्गलबार गराइएको विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आक्रमणमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ ।आक्रमणकारीले सैनिक अस्पतालको गेटनजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउण्ड गोली पनि चलाएको तालिवान स्रोतले बताएको छ ।

अफगानिस्तानमा तालिवान समूहले सत्ता कब्जामा लिए पछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा २० बर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिवान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button