तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टीमा पुस्तान्तरण होइन, रूपान्तरण आवश्यक’

चितवन । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अहिले रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस रत्ननगर वडा नं १३ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेता पौडेलले पार्टीमा पुस्तान्तरणको बहस भइरहेको तर अहिले रूपान्तरण आवश्यक रहेको बताउनुभयो ।

काँग्रेसको सिद्धान्तले मात्र देशको मूल पार्टी नबन्ने भन्दै उहाँले जनजीविका र विकासको एजेन्डालाई प्राथमिकतामा राखेर पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

१४ औँ महाधिवेशन काँग्रेसको भविष्य निर्धारण गर्ने अन्तिम परीक्षा रहेको भन्दै पार्टीलाई बलियो बनाउन सक्ने र योगदान गरेको व्यक्तिलाई मौका दिनुपर्ने पौडेलले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डेले अबको एक मात्र विकल्प काँग्रेस पार्टी रहेको बताउनुभयो ।

वडा सभापति टोमराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाका पुराना एक दर्जन कार्यकर्तालाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button