तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपतिबिच भेटवार्ता

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच भेटवार्ता भएको छ । 

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि, पक्ष राष्ट्रको २६ औँ सम्मेलन अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनका क्रममा उहाँहरूबिच आज भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउनेबारे उहाँहरूबिच कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो । 

त्यस अवसरमा श्रीलङ्काका राष्ट्रपतिले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गर्नुभएको र त्यसप्रति नेपालको सद्भावको चाहना राख्नुभएको पौड्यालले बताउनुभयो ।

दुई देशबिच पर्यटन प्रवर्द्धन गर्ने, सम्बन्ध अझ मजबुत बनाउने र उच्च स्तरका संवादलाई निरन्तरता दिने विषयमा पनि उहाँहरूबिच छलफल भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button