तपाईँ सुन्दै हुनुहुन्छः

शाहीद्वारा कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । 

समर्थनमा केन्द्रीय गठबन्धन अनुसार नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेपछि शाहीले आज कर्णाली प्रदेश प्रमुख प्रमुख गोविन्दप्रसाद कलौनीले समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो । 

हिजो मात्र निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको थियो । 

कर्णालीमा माओवादी केन्द्रका १२, काँग्रेसका ६ र एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्य रहेका छन् । हाल कायम ३५ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि १८ मत आवश्यक पर्दछ । 

शाहीले साँझ ८ः३० बजे शपथ ग्रहण गर्ने र आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button