बाढी पीडितहरूका लागि स्पेनमा रहेका नेपालीहरूद्वारा सहयोग
कञ्चनपुर । कार्तिक पहिलो साता आएको बाढीका कारण प्रभावित भएका कञ्चनपुरका बाढी पीडितहरूका लागि स्पेनमा रहेका नेपालीहरूले राहत सहयोग गरेका छन् ।

बाढी पीडितहरूको तिहार खल्लो नहोस् भन्ने उद्देश्यबाट स्पेनका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरूले गरेको राहत सहयोग भीमदत्त नगरपालिका १३ वडैपुरमा वितरण गरिएको छ ।
स्पेनबाट घरमा आउनु भएका स्थानीय खगेन्द्र बमले भीमदत्त नगरपालिका १३, कार्यालयसँगको सहकार्यमा आज करिब १५० बाढी प्रभावित परिवारहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गर्नुभयो ।

प्रति परिवार राहतमा चामल एक बोरा, दाल तीन केजी, नुन एक केजी र तेल एक लिटर रहेको वितरक बमले बताउनुभयो ।
उहाँले आउँदा दिनमा पनि अप्ठेरो अवस्थामा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्