जुवा खालबाट ९३ हजार नगदसहित १४ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुर प्रहरीले जुवा खालबाट १४ जनालाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भीमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका सबैमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्