तपाईँ सुन्दै हुनुहुन्छः

चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं । लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो ।

जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका राजपक्षे र दासुन शनाका समान २६ रनको योगदान दिए ।इंग्ल्यान्डका आदिल राशिद, क्रिस जोर्डन र मोईन अलीले २-२ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले १०१ रनको अविजित शतकीय इनिङ खेले । ओईन मोर्गनले ४० रनको योगदान दिए ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ३ विकेट लिए ।यसअघि इंग्ल्यान्डले वेस्टइन्डिज, बंगलादेश र अष्ट्रेलियालाई पराजित गरेको थियो ।सुपर -१२ को समूह -१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ ।

अष्ट्रेलिया दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश अंक तालिकाकाे पुछारमा छ ।

समूह- २ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button