मन्त्री कार्कीद्वारा डुबान प्रभावित विभिन्न स्थानको निरीक्षण
सुनसरी । केही दिन अघि अविरल वर्षाका कारण डुबानमा परेको सुनसरी, हरिनगर गाउँपालिकाका विभिन्न वडाहरूको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निरीक्षण गर्नुभएको छ ।
सुनसरी क्षेत्र नम्बर–४ का सांसद समेत रहनुभएका मन्त्री कार्कीले जनतासँग प्रत्यक्ष भेटघाट गरेर गुनासो सुन्नुहुँदै बाढीपीडितलाई राहत प्याकेज उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो ।

मन्त्री कार्कीले हरिनगर गाउँपालिकाका ७ वटा वडाका ३५ बेरोजगार युवाहरूलाई रोजगारीका लागि बैङ्कबाट साँढे ३ प्रतिशत ब्याजदरमा २ लाखका दरले रकम उपलब्ध गराउने बताउनुभयो ।
साथै, उहाँले हरिनगर गाउँपालिका–६ को अरनामा टोलमा पुलको व्यवस्था मिलाउने अठोट पनि गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्