‘देशलाई समृद्धिको बाटोमा अग्रसर गराउन सरकार प्रतिबद्ध’
इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार देशलाई समृद्धिको बाटोमा अग्रसर गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुनसरीको बराह क्षेत्रमा आज आयोजना गरिएको कोसी पीडित सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सरकारको प्राथमिकता देशको समृद्धि रहेको बताउनुभयो ।

उहाँले वैदेशिक लगानी भित्र्याएर स्वदेशको पुँजीलाई परिचालन गर्दै बेरोजगारी अन्त्य गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्