तपाईँ सुन्दै हुनुहुन्छः

मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनकारी दिँदै क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केही दिनमा अन्तर्वार्ता गर्ने जनाएको छ ।

क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एक दिवसीय सिरिजपछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

६७ वर्षीय ह्वाटमोरले खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भए पनि ८ महिना नबित्दै राजीनामा दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button