तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

बारा । बारामा चोरीको मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्ने मा बारागढी गाउँपालिका वडा नं. ६ हंगोलिया टोल बस्ने वर्ष ४५ का मेदु प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

कोल्हबी नगरपालिका वडा नं १ खैरास्थित स्कुलको प्राङ्गणमा भलिबल प्रतियोगिता भइरहेको स्थानमा चोरी भएको कालो रङ्गको १२५ सी.सी को साइन मोटरसाइकल नम्बर परिवर्तन गरी ल्याएको सूचना प्राप्त भए पश्चात् प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । 

चौधरीलाई पक्राउ गरी चोरी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button