तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता युवक २ हप्तापछि मृत फेला

अछाम । कात्तिक २ गतेदेखि बेपत्ता अछामका एक युवक मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ३४ वर्षका रेशमराज तिमिल्सैना उनी बेपत्ता भएको भनिएको जिल्लाको गैरीटाँड बजार नजिकै बाँसको झाडीमुनि फेला परेका प्रहरीले जनाएको छ । 

गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको लास १४ दिनपछि कमलबजार नगरपालिका ५ गैरिटाँड बजार नजिकै बाँसको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताउनुभयो ।  

शवको जिल्ला अस्पतालमा पोस्टमार्टम हुने र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धान गरी दोषीलाई कानून अनुसार कारबाही गरिने प्रहरी निरीक्षक बडूको भनाई छ । 

तिमिल्सैना बास बसेकै ठाउँ नजिकै उनको शव फेला पर्नुले रहस्यमय तरिकाले घटना भएको परिवारको आशङ्का छ । 

मृतक नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि तथा स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button