५० सांसदसहित प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले ५० सांसदको हस्ताक्षर सहित दाबी पेश गर्नु भएको छ ।
नेता राईले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र लिम्बुवानसहितका ५० सांसद सहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको नेकपा माओवादी केन्द्रका सांसद झलकसिंह दर्लामीले जानकारी दिनुभयो ।
“भर्खरै दाबी पेश गरी फर्किएका छौ भोलि २ बजे सपथ हुने प्रदेश प्रमुखले जानकारी दिनुभएको छ” सांसद दर्लामीले भन्नुभयो ।
प्रदेश १ मा नेपाली काँग्रेसका २१ जना, नेकपा (माओवादी केन्द्र) का १५ जना, नेकपा (एकीकृत समाजवादी) का १० जना, जसपाका ३ जना र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना गरी ५ दलका ५० जना सांसदको समर्थनमा सरकार बन्न लागेको हो ।








प्रतिक्रिया राख्नुहोस्