तपाईँ सुन्दै हुनुहुन्छः

५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

File photo

काठमाडौँ । आज देशभर ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

११ हजार ६ सय ६४ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा  ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ४ सय ९० जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ४ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

कोरोना संक्रमण कारण आज ९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय १६ पुगेको छ ।

आज देशभर ६५ हजार २८ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button