तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको करिब पौने नौ लाख रुपैयाँ र गरगहना सहित तीन जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट प्रहरीले श्रोत नखुलेको करिब पौने नौ लाख रुपैयाँ र गरगहना सहित तीन जनालाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका ४ स्थित होटेल अमन प्लाजाबाट श्रोत नखुलेको ८ लाख ६९ हजार नेपाली रुपैयाँ र ३ हजार २ सय भारतीय रुपैयाँ सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने धातुका गरगहना ३४ दशमलव ३६० ग्राम र चाँदी जस्तो विभिन्न गरगहना ७ सय ३७ दशमलव ८७ ग्राम समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका १ का मुकेश खड्का, किरण खड्का, नारायण खड्का रहेको र आवश्यक कारबाहीका लागि बरामद सामान सहित तीनै जनालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button