तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका पूर्व नगरप्रमुख मिश्रको निधन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर राजदेव मिश्रको आज निधन भएको छ ।

बिहान साढे ३ बजे मिश्रको ८५ वर्षको उमेरमा जनकपुरधाम वडा नंं ४ स्थित आफ्नै आनन्द नगरमा रहेको निवास निधन भएको स्वर्गीय मिश्रका पुत्र मुरलीमनोहर मिश्रले जानकारी दिनु भएको छ । 

तीन महिना अघि उनलाई हृदयघात तथा पक्षघात भएको थियो । उपचारपछि घरमा उहाँको उपचार भइरहेको थियो । निक्कै सरल स्वभावका मिश्रको आजै जनकपुरधाममा रहेको स्वर्गद्वार समशान घाटमा अन्त्येष्टि गरिने भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख तथा प्रमुख भएर करिब ६ वर्षसम्म सेवा गर्नु भएका स्वर्गीय मिश्र ईमान्दार छविका व्यक्ति रहनु भएको थियो । स्वर्गीय मिश्रका ४ छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button