तपाईँ सुन्दै हुनुहुन्छः

कौडा खेलिरहेका १५ जना नगदसहित पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ समस्तिपुरस्थित क्विन्स बी रेष्टुरेन्टबाट कौडा खेलिरहेका १५ जना पक्राउ परेका छन् ।

शनिबार राति उक्त रेष्टुरेन्टबाट कौडा खेलिरहेको अवस्थामा प्रकाश खनाल, मेख बहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाई, नारायण गुरुङ, तुल बहादुर गुरुङ, पूर्ण बहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अञ्जन गुरुङ, आसिस गुरुङ, सिवराज गुरुङ, पूर्ण बहादुर गुरुङ र खडक बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो रेष्टुरेन्टमा दिउँसोदेखि लगातार रुपमा ठुलो धनराशिमा जुवा (कौडा) खेलिरहेको गोप्य सूचना प्राप्त पश्चात् जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट संयुक्त रुपमा प्रहरी टोली उक्त स्थानमा खटी गई सम्बन्धित घर खानतलासी गर्दा खेलिरहेको खालबाट नगद रु १ लाख १३ हजार १० रुपैयाँसहित कौडा १६ थान सहित बरामद गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका माथि जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button