तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यावसायीहरुले विरोध प्रदर्शन

काठमाडौँ । नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यावसायीहरुले विरोध प्रदर्शन गरेका छन् । 

कानुन व्यवसायीहरूले प्रधान न्यायाधीशले राजीनामा दिनुपर्ने माग सहितका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएको बारले इजलासमा नबस्न समेत माग गरेको छ । 

यस्तै, आज  सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै बन्दीप्रत्यक्षीकरणका निम्ति मात्रै छ वटा इजलास तोकिएका छन् । 
जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तोकिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button