तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदी व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा विक

तनहुँ । सुनचाँदी व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा विनोदकुमार विक निर्वाचित हुनुभएको छ ।

शनिबार भएको तेस्रो अधिवेशन अन्तर्गत आइतबार बिहान सार्वजनिक मत परिणाम अनुसार अध्यक्षमा विजयी विकले ९२ मत तथा प्रत्याशी एक बहादुर विकले ७५ मत पाउनुभयो ।

अधिवेशनबाट उपाध्यक्षमा ९० मतका साथ हरि गहतराज निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी भिमबहादुर विकले ७९ मत पाउनुभयो । अधिवेशनबाट सचिवमा विजयी पदमबहादुर सुनारले एक सय मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रत्याशी पूर्णबहादुर विकले ६३ मत पाउनुभयो ।

संघका निवर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मन्त्री डोवाटे विश्वकर्माले देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button