तपाईँ सुन्दै हुनुहुन्छः

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू(भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button