तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक’

लहान । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । 

सिराहाको गोल बजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिराहाले आयोजना गरेको कार्यक्रममा परिषद् अध्यक्ष डा भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो ।

परिषद् अध्यक्ष डा भट्टराईले सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोले लोकतन्त्रमा सबै जाति भाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा समानुपातिक पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।

राज्यको हरेक अङ्गमा समानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button