नेप्से सूचक ५५.५० अङ्कले बढेर २८३७.६२ विन्दुमा
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा नेप्से सूचकसँगै कारोबार रकम समेत बढेको छ ।
आइतबार नेप्से परिसूचक करिब २ प्रतिशतले बढेको छ । आइतबार नेप्से सूचक ५५.५० अङ्कले बढेर २८३७.६२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ९.४६ अङ्कले बढेको छ ।
नेप्सेको वृद्धिलाई आइतबारको कारोबार रकमले पनि साथ दिएको छ । गत बिहीबार ५ अर्ब भन्दा कमको शेयर कारोबार भएको बजारमा आइतबारको कारोबार झन्डै ८ अर्ब नजिक पुगेको छ ।
यस दिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९२ रुपैयाँ बराबरका १ करोड ३८ लाख ९९ हजार कित्ता शेयरहरूको किनबेच भएको छ । आइतबार विकास बैङ्क, हाइड्रोपावर र उत्पादनमूलक कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ । यस दिन कारोबारमा आएका १३ उपसमूहका बैंकिङ्ग उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ ।
आइतबार कारोबारमा आएका १२ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।








प्रतिक्रिया राख्नुहोस्