तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोबाट डडेलधुराको लटौलीका १३ घरपरिवार विस्थापित

डडेलधुरा  । डडेलधुराको अमरगढी नगरपालिका –८ लटाउलीका करिब १३ घरपरिवार बाढी पहिरोबाट विस्थापित बनेका छन् । 

लगातारको बेमौसमी वर्षाले गर्दा सो घरपरिवार विस्थापित बनेका हुन । 

पहिरोले घर माथि रुखहरू ढलेका छन् भने हिँड्ने बाटो समेत बगाएर लगेको उनीहरूको दुखेसो छ । 

पहिरोबाट क्षति पुगेको स्थानमा शनिवार अमरगढीका नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले सोही स्थानमा पुगी अवलोकन समेत गर्नुभएको छ  । 

उहाँले अवलोकनका क्रममा पहिरो पीडित घरपरिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ  । 

नगर प्रमुख ओझाले नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि तत्पर रहेको बताउनुभयो  । 

उक्त बस्तीमा १ सयभन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन् ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button