४ सय ८ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ८ सय ९९ नमूनाको पिसिआर तथा एण्टीजेन परिक्षण गर्दा ४ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ५ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ४ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
कोरोना संक्रमण कारण आज ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७ पुगेको छ ।
आज देशभर ३८ हजार ८ सय १५ जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्