नेपालमा गौतम बुद्धको जन्म हुनु नेपालीका लागि गौरवको विषय : मन्त्री खाँड

भैरहवा । बुद्ध मूर्ति अनावरण कार्यक्रममा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री तथा गृह मन्त्री बालकृष्ण खाँडले नेपालमा भगवान् गौतम बुद्धको जन्म हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।
बुद्ध संसारकै लागि अनुकरणीय भगवान् गौतम बुद्धकै रुपमा स्थापित भइसकेको हुनुहुन्छ । बुद्धले आफ्नो जीवनकालमा महान् त्याग गरेर विश्व शान्ति र मानवको रक्षा र सहअस्तित्वका लागि अनुपम कार्य गर्नुभएको बताउनुभएको छ ।
नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म हुनु हामी सबैका लागि गौरवको विषय हो । उहाँको योगदान त्याग बलिदान समर्पण र सामञ्जस्यता र समन्वय मानवीय सभ्यताका लागि महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धमूर्तिको अनावरण गर्नुभयो । बुद्ध मूर्ति अनावरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी गार्डेन फाउण्डेशनका सचिव एकराज गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
एउटै ढुङ्गाबाट म्यानमारका कालिगड भिक्षुहरुद्धारा निर्मित १.९ मिटर अग्लो बहुमूल्य बुद्ध म्यानमार सरकारको सहयोगमा, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा आएको हो ।








प्रतिक्रिया राख्नुहोस्