बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा ४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह पक्राउ परेका हुन् ।
सिंहलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो ।
सिंहले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्