तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर : गृहमन्त्री खाँण

रुपन्देही । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी आमनिर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । 

सत्ता गठबन्धनमा रहेका दलहरू आगामी आम निर्वाचनसम्म सँगै रहने बताउँदै संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बाबजुद बनाउने उहाँले दाबी गर्नुभयो । 

गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा आइतबार आयोजित कार्यक्रममा बोल्नुहुँदै शान्ति र स्थायित्व कायम गर्न संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर रहेको बताउनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गृहमन्त्री खाँणले संविधानलाई सबैको स्वामित्वमा कसरी स्थापित गर्ने, संविधानको मूलधारमा नआएका राजनीतिक दलहरूलाई कसरी मूल धारको राजनीतिमा ल्याउने रु त्यसको लागि सरकारले संविधानको मूलधारमा नआइसकेका विभिन्न राजनीतिक दलहरूसँग संवादको थालनी गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो – “हामीलाई विश्वास छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ, संविधान र व्यवस्थाका प्रति सबैको स्वामित्व स्थापित हुनेछ ।” 

गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताउनुभयो । 

त्यस अवसरमा गृहमन्त्री खाँणले बाढी पहिरो तथा डुबान प्रभावितलाई राहतको लागि सरकारको तर्फबाट सम्बोधन समेत भइसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button