तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा छ : नेता सिंह

file photo

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताउनुभएको हो । 

“देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्धति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।“ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनका लागि आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।  

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले केपी शर्मा ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको हो भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button