तपाईँ सुन्दै हुनुहुन्छः

९२ हजार नगदसहित नौ जुवाडे पक्राउ

धनगढी  । कैलालीमा प्रहरीले ९२ हजार नगदसहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ । 

लम्कीचुहा नगरपालिका ४ स्थित छत्रबहादुर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९२ हजार ६ सय ४० रुपैयाँ सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पक्राउ पर्नेमा स्थानीय सुरेन्द्र बोगटी, खगेन्द्र देवकोटा, हेमन्त रावल, नन्दराम धमला, प्रशान्त धामी, प्रेम भण्डारी, राज अधिकारी, भक्तराज जोशी, टेकराज अधिकारी रहेका छन् । 

जुवातास भइरहेको सूचना पाएर खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button