तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी  । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

म २ प ७६३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका ३ का पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गिरीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पशुपति बोहरा र समीर बोहराको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button