तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको एनआरएनसँग आग्रह

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्राउनका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएन) लाई आग्रह गर्नुभएको छ । 

एनआरएन युके शाखासँगको भेटमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानी भित्र्याउनका लागि लगानी कर्तालाई के के सुविधा दिनुपर्ने हो सरकार तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सबैको सहयोगमा नेपाली जनतालाई चैतभित्र कोरोना विरुद्धको खोप लगाइसकिने योजना भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नागरिकतालगायत एनआरएनका समस्याका विषयमा प्रधानमन्त्री देउवाले राजनीतिक दलको सहमति र संसद्बाट पारित गर्नुपर्ने भएकाले सबै मिलेर जानुपर्नेमा जोड दिनुभयो । 

एनआरएन युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सेनाको समस्या समाधानका लागि विशेष पहल गरिदिन अनुरोध गर्नुभयो ।

एनआरएन युके शाखा अध्यक्ष प्रेम गाहा मगरले नेपालमा लगानी मैत्री वातावरण बनाउन आग्रह गर्दै एनआरएनलाई नागरिकता र भिसाको समस्या समाधान गर्न अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button