तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

अछाम । अछामको बान्निगढी जय गढ गाउँपालिका ५ मा खुला भलिबल प्रतियोगिता हुने भएको छ । 

दीपावलीको अवसरमा कार्तिक १४ गतेबाट कालिका युवा सञ्जालले प्रतियोगिताको आयोजना गरेको हो ।

“जाल्वादेवी भलिबल कप २०७८” प्रतियोगितामा प्रथम हुने टिमले नगद नगद १ लाख ५ हजार पुरस्कार तथा मेडल र ट्रफि प्रदान गरिने आयोजकको भनाई छ । यस्तै द्वितीय हुनेले नगद ६५ हजार, तृतीय हुने टिमले ३५ हजार, र सान्त्वना स्थान प्राप्त गर्ने टिमले १५ हजार नगद पुरस्कार तथा मेडल र ट्रफि पाउने छन् ।

प्रतियोगितामा विभिन्न बि धामा उत्कृष्ट हुने खेलाडीलाई मेडल, ट्रफि, नगद र प्रमाण पत्र सहित पुरस्कारको समेत व्यवस्था गरिएको खेलकुद प्रतियोगिता समिति संयोजक धनराज साउदले बताउनुभयो । 

प्रतियोगितामा जुनसुकै जिल्लाबाट पनि टिमले सहभागिता जनाउन पाउने तर एक पालिकाको खेलाडीले अर्को पालिकाबाट खेलमा भाग लिन नपाउने उहाँको भनाई छ ।

कार्तिक १४ गते दिउसो २ बजेबाट प्रतियोगिताको उद्घाटन गरिने छ भने मध्यान्न १२ बजेसम्म टिम दर्ता गर्न सकिने जनाइएको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ । 

प्रतियोगितामा खेलाडी तथा सम्पुर्ण खेलप्रेमी महानुभावहरूलाई उपस्थितिका लागी कालिका युवा सञ्जालका अध्यक्ष मीन साउदले आग्रह गर्नुभएको छ ।

प्रतियोगिताका लागि बान्निगढी जय गढ गाउँपालिका र वडा नम्बर ५ कालिकाले आर्थिक सहयोग गरेका छन् भने विभिन्न सामाजिक व्यक्तित्वहरूले नगद सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button